नेकपा एमालेको दसौं महाधिवेशन प्रतिनधिका लागि विजय पौडेलको उम्मेदवारी घोषणा

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दसौं महाधिवेशन प्रतिनधिका लागि विजय पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । सिन्धुपाल्चोकबाट महाधिवेशन प्रतिनिधिका लागि पौडेलले उम्मेदवारी घोषणा गरेका हुन् ।

‘नीतिको जीतले दीर्घकालीन हित गर्छ भने नेताको जीतले सीमित व्यक्तिलाई अल्पकालीन हित गर्छ । हामीले विगतदेखि सडकमा जिन्दावाद र मुर्दावादको नारा लगाइराखेका छौं’ पौडेलले भने । देशमा अझ पनि लोकतन्त्रको संस्थागत विकास हुन नसकेको उनको भनाई छ । उनले भने, ‘लोकतन्त्रको चीरहरणका प्रयास बेलाबेलामा हुने गरेका छन् । देश दलाल पुँजीवादको चङ्गुलमा फसेको छ । यसको प्रमुख कारण राजनीति नीतिप्रधान नभएर नेताप्रधान हुनु नै हो । अतः युवावर्गले पछिको पुस्ताको जीवन पनि लोकतन्त्र र विकासको निम्ति जिन्दावाद र मुर्दावाद गर्दै नबितोस् भन्ने चाहने हो भने अहिलेदेखि नै राजनीतिमा नेताभन्दा नीतिलाई प्राथमिकता दिने दिशा रोज्नुको विकल्प छैन ।’ अहिलेको राजनीतिक घटनाक्रमलाई हेरेर आफुले उम्मेदवारी दिएको पौडेलको भनाई छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्