आज यी ठाउँमा वर्षाको सम्भावना !

काठमाण्डाै – आज प्रदेश १ र गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

मौसमविद्का अनुसार यी प्रदेशका केही हिमाली जिल्लामा पनि हल्का हिमपातको सम्भावना छ । अन्य प्रदेशको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् प्रतिभा मानन्धरले बताए । उनका अनुसार प्रदेश १ र गण्डकी प्रदेशको मौसम आज सामान्य बद्ली हुने सम्भावना छ । अरू ठाउँमा भने आंशिक बद्ली हुनेछ । देशका धेरै ठाउँमा बिहान र बेलुका चिसो बढ्दै गएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्