अस्ट्रेलियाद्वारा वेस्ट इन्डिज आठ विकेटले पराजित

काठमाण्डौ – आईसीसी टी–२० विश्व कप क्रिकेटमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई आठ विकेटले हराएको छ । यूएईको आबुधाबीमा वेस्ट इन्डिजले दिएको एक सय ५८ रनको लक्ष्य अस्ट्रेलियाले २२ बलअघि नै मात्रै दुई विकेट गुमाएर भेटायो । अस्ट्रेलियाका लागि डेविड वार्नरले नटआउट ८९ र मिचेल मार्सले ५३ रन बनाए । वेस्ट इन्डिजका लागि अकेल हुसेन र क्रिस गेलले एक/एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले २० ओभरमा सात विकेट गुमाएर एक सय ५७ रन बनायो । वेस्ट इन्डिजका लागि कायरन पोलार्डले सर्वाधिक ४४ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका जोस हजलउडले चार विकेट लिए ।

आजको जितसँगै अस्ट्रेलियाको आठ अङ्क भएको छ र सेमिफाइनल नजिकै पुगेको छ । यो समूहबाट इङ्ल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ । अब दक्षिण अफ्रिकालाई सेमिफाइलनमा पुग्न अहिले इङ्ल्यान्डलाई केही फराकिलो अन्तरले हराउनुपर्नेछ । इङ्ल्यान्डलाई हराएपछि दक्षिण अफ्रिकाको पनि समान आठ अङ्क हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्