प्रधानमन्त्री ओलीले मनाए जन्मदिन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा ६९ औं जन्मदिन मनाएका छन् ।

प्रधानमन्त्री ओलीलाई शुभेच्छुकहरुले निवासमै पुगेर बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री ओलीलाई जन्मदिनको अवसरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललगायत बालुवाटार पुगेर बधाई दिँदै सुस्वास्थ्य र दीर्घायुको कामना गरे ।

प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिन नेकपा संसदीय दलका उपनेता, सुवास नेम्वाङ, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, पूर्वगृहसचिव प्रेम राई, कांग्रेस नेतृ सीता गुरुङलगायत पुगेका थिए ।

प्रधानमन्त्रीको जन्मदिन मनाउन बालुवाटार पुगेका नेता तथा कार्यकर्ताले केक, मिठाई, फूलका माला र खादा लिएर गएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्