प्रदेश नम्बर २ को रौतहट हिमालिबास फुट्बल मैदानमा A7 फुटवल खेल सप्पन्न

आज भएको रौतहट जिल्ला फतुवा बिजयपुर ११ हिमालिबास को रिभर साइड मैदान मा भएको A7 फुटवल प्रतियोगीता को फाइनल खेल मा लगनशिल युवा कल्ब भट्टिरागी र वान टिम वान गोल क्लब बुटुवा बिच भएको प्रतिस्पर्धात्मक खेलमा वान गोल वन टिम कल्ब बुटुवाले 1 गोल ले बिजयी भएको छ । वान गोल वान टिम कल्ब का तर्फबाट सुखारी चौधरी जर्सि नम्बर ७ ले गोल गरि बिजयी भएको छ , बिजयी कल्ब ले २० हजार नगद, शिल्ड प्रमाणपत्र प्राप्त गर्नु भएको थियो भने दितिय हुने कल्ब लगनशिल युवा कल्ब भटटिरागी ले १० हजार नगद साथै प्रमाणपत्र र शिल्ड प्राप्त गर्नु भएको छ । हिमाली युवा कल्ब दुवारा आयोजित यस फुटबल प्रतियोगिता २०७८ असोज १३ गते बाट सुरुवात भइ आज मिति २६ असोज २०७८ मा फाइनल भएको छ जसमा १४ टिम को सहभागिता भएको थियो ।

आज को कार्यक्रम मा रौतहट जिल्ला को जेष्ठ नागरिक श्री रत्न बहादुर श्रेष्ठ ज्यु को प्रमुख अतिथि मा हुनुहुन्थ्यो भने कार्यक्रम मा हजारौं दर्शक को सहभागिता थियो । खेल को सह एम्पाइर प्रलाद खरेल र समीर भुजेल हुनुहुन्थ्यो भने एम्पाएर मा सरोज भुजेल हुनुहुन्थ्यो । आज को फाइनल खेल मा बेस्ट कप लगनसिल युवा कल्ब का चन्दन चौधरी ले पाउनु भएको थियो र वान गोल वान टिम कल्ब का म्यान अफ द म्याच सुखारी चौधरी जर्सी नम्बर ७ का हुनु भएको थियो भने कार्यक्रम मा प्रायोजक को रुपमा सगुन बेकरी क्याफे चपुर , चन्खे रेस्टुरेन्ट निजगढ , देब होटेल कोल्भी , श्रेष्ठ हार्ड्वेयर हिमालिबास, दिलु कस्मेटिक हिमालीबास बजार , मनकामना सुनचाँदी पसल कोल्भि, नेपाल प्रहरीको पुर्ण सुरक्षा मा खेल सम्म्पन भएको थियो खेल को नेतृत्व हिमाली युबा कल्ब का अध्यक्ष श्री अर्जुन श्रेष्ठ को नेतृत्व मा कार्यक्रम आयोजना गरिएको थियो भने । खेल लाई सम्पन्न गराउन मुख्य भुमिका सुशील लम्साल ले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्