आईपीएलमा बेङ्ग्लोरले राजस्थानलाई ७ विकेटले हरायो

काठमाण्डौ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत गएराती भएको खेलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोर विजयी भएको छ । दुबईमा भएको खेलमा बेङ्ग्लोरले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो । राजस्थानले दिएको १ सय ५० रनको लक्ष्य बेङ्ग्लोरले १७ बल बाँकी छँदै भेट्टायो ।

बेङ्ग्लोरका लागि ग्लेन म्याक्स्वेलले अविजित रहँदै ५० रनको अर्धशतकीय पारी खेले । श्रीकर भारतले ४४ रन जोड्दा कप्तान विराट कोहलीले २५ रन बनाए । देवदत्त पड्डीकलले २२ रन बनाए । राजस्थानका मुस्ताफिजुर रहमानले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । राजस्थानका लागि इभिन लेविसले ५८ रनको अर्धशतकीय पारी खेले । याशस्भी जैसवालले ३१ रन जोड्दा कप्तान सञ्जु सामसनले १९ रन बनाए ।

बेङ्ग्लोरका हर्सल पटेलले ३ तथा युजभेन्द्र चाहल र शाहबाज अहमेदले २/२ विकेट लिए । जितसँगै बेङ्ग्लोरले ११ खेलमा १४ अङ्क जोड्दै तेस्रो स्थानमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्