यी हुन् माओवादी केन्द्रका सम्भावित मन्त्रीहरु, नारायणकाजीको सम्भावना टर्यो

काठमाडौं – सरकारमा सहभागी हुन नेकपा माओवादी केन्द्रको भागमा १ राज्यमन्त्रीसहित ६ मन्त्री परेको छ । माओवादीबाट २ जना यसअघि नै मन्त्री बनिसकेकाले अब उसको भागमा १ राज्यमन्त्रीसहित ४ जनाको भाग छ ।

जसमा मन्त्री बन्ने इच्छा जाहेर गर्नेमा पूर्वउपप्रधानमन्त्री समेत रहेका नारायणकाजी श्रेष्ठ पनि थिए । तर प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री पद नै नराख्ने निर्णय गरेपछि नेता श्रेष्ठ मन्त्रीहुने सम्भावनाबाट बाहिरिनु परेको हो।

यतिबेला माओवादी केन्द्रमा मन्त्रीको नाम टुङ्ग्याउन आन्तरिक छलफल भइरहेको छ । पछिल्लो जानकारी अनुसार हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुरेशकुमार राई र सुदन किरातीमध्येबाट २ जना मन्त्री बन्नेछन् ।

त्यस्तै महिलाबाट जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठ मध्येबाट एकजना मन्त्री बन्ने पक्का छ । त्यस्तैगरी मधेस कोटाबाट मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलको सम्भावना बलियो छ । उनीहरुले कुन मन्त्रालय पाउने भन्ने यकिन हुन भने बाँकी नै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्