साहस उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ – साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असोज १० गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७० लाख कित्ता साधारण शेयर निष्काशन गरेको छ ।

निष्काशन गरिएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार कम्पनीको आइपीओमा शुक्रबार दिउसो साढे २ बजेसम्ममा १७ लाख २० हजार जना आवेदकले २ करोड ४६ लाख ९ हजार ७६० कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन् ।

सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्