ईपीएल : काठमाडौं टस जितेर ललितपुरविरुद्ध बलिङ गर्दै

काठमाडौं – बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण अन्तर्गत आज ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स–११ बीच सुरु भएको छ । नेपालकै चर्चित टी–२० फ्रेन्चाइज क्रिकेटको चौथो संस्करणका त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उद्घाटन गरिएको हो ।

काठमाडौंले टस जितेर बलिङ रोजेको छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंको टिममा पाकिस्तानका पूर्व कप्तान शाहीद अफ्रिदी पनि छन् । अन्य दुई जना राएन ब्रल र रहमानुल्लाह गुर्बाज विदेशी खेलाडी छन् ।

यता कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिएको साविक विजेता ललितपुरमा सन्दुन विराकोडी, ओसादा फर्नान्डो र रन्जुन मिक्यो दोर्जी विदेशी खेलाडी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्