पशुपतिमा २० लाखको हाराहारीमा दर्शनार्थी

काठमाडौं – महाशिवरात्रीका अवसरमा पशुपतिनाथको मन्दिरमा यो वर्ष २० लाख हाराहारी तीर्थालुले दर्शन गरिरहेका छन् । अघिल्लो बर्षभन्दा यसवर्ष मन्दिरमा दर्शन गर्न सजिलो भएको भक्तजनले बताएका छन् ।

यसवर्षको महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्री योगेश भट्टराईको अध्यक्षतामा १ सय १० सदस्यीय मूल समारोह समिति बनाइएको थियो । जसअन्र्तगत ११ वटा उपसमिति बनाएर महाशिवरात्रि व्यवस्थापनमा खटिएको पशुपति क्षेत्र विकास कोषका सञ्चालक समितिका सदस्य ध्रुव उप्रेतीले जानकारी दिए ।

मेला व्यवस्थापनका लागि ७५ वटा संस्था र ५ हजार भन्दा बढी स्वंयसेवकले विहान ३ बजेदेखि काम गरिरहेका छन् । पशुपतिनाथको मन्दिर प्रवेशका लागि ४ लाइन बनाइएको र गत बर्षभन्दा यो वर्ष सजिलोसँग भक्तजनले दर्शन गर्न पाएको उप्रेतीले बताए ।

महाशिवरात्रीलाई व्यवस्थित गर्नका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गुप्तचर गरी ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । पशुपति क्षेत्रमा बिहान पर्यटनमन्त्री योगेश भट्टराई तथा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुले अनुगमन गरेका थिए । यस्तै नेपाली सेनाको हेलिकप्टबारबाट पशुपति क्षेत्रमा पुष्पबृष्टि गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्