हिमाली जिल्लामा दसैंअगाडि नै जिल्ला अधिवेशन गर्ने काँग्रेसको निर्णय

काठमाडौँ – नेपाली काङ्ग्रेसले हिमाली जिल्लामा दसैंअगाडि नै जिल्ला अधिवेशन गर्ने भएको छ ।

बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा निर्वाचन समिति र पदाधिकारीबीच भएको बैठकले हिमाली जिल्लामा दसैंअगाडि नै जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । असोज २० भित्र हिमाली भेगका जिल्लामा अधिवेशन गर्ने निर्णय भएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले बताए । हिमाली भेगमा २१ जिल्ला छन्। यीमध्ये रसुवा र डोल्पामा अझै क्रियाशिल सदस्यता विवाद हुँदा वडा अधिवेशन नै अनिश्चित छ । वडा अधिवेशन भएका र अब असोज ९ मा पालिका अधिवेशन हुने हिमाली जिल्लामा दसैंअगाडि नै जिल्ला अधिवेशन हुनेछ ।

हिमाली जिल्लामा हिउँ पर्न सक्ने भएकोले काङ्ग्रेसले दसैंअगाडि नै जिल्ला अधिवेशन गर्न लागेको हो । पहाड र तराई भेगमा भने दसैंपछि जिल्ला अधिवेशन हुनेछ । हिमाली भेगमा कहिले जिल्ला अधिवेशन गर्ने भन्ने मिति निर्वाचन समितिले पछि तय गर्नेछ ।

काङ्ग्रेसमा ६४ जिल्लामा मात्रै वडा अधिवेशन भएको छ । बाकी जिल्लामाको क्रियाशिल सदस्यताको सूची नै प्रकाशित भएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्