संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

काठमाडौं – संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदनको छुट्टाछुट्टै बैठक बिहीबार दिउँसो २ बजे बस्दै छ ।
प्रतिनिधिसभा बैठकबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित गर्ने कार्यसूची रहेको छ । संसद सचिवालयका अनुसार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथिछलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्