साहस उर्जाको आईपीओमा एकै दिन ५ लाख बढीले आवेदन दिए

काठमाडौँ – साहस उर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आइपीओमा पहिलो दिन नै ५ लाख बढी आवेदकले आवेदन दिएका छन् ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार कम्पनीको आइपीओमा ५ लाख १८ हजार ८७२ जना आवेदकले ७७ लाख ९१ हजार ५८० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन् । जुन मागभन्दा करिब १३ लाख कित्ता धेरै हो ।

कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको छ । सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्