१०० अंकभन्दा धेरैले बढ्यो नेप्से, बजारमा हरियाली

काठमाडौँ – बुधबार नेप्से सूचक १०० अंकभन्दा धेरैले बढेर २८०० विन्दुमाथि पुगेको छ । कारोबारमा आएका सबै कम्पनीको शेयरमूल्य बढ्दा बुधबार नेप्से सूचकमा उच्च अंकको बृद्धि देखिएको हो ।

बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा पुगेको छ । भने सेन्सेटिभ इन्डेक्स पनि १९.४७ अंकले बढेको छ ।

यस दिन कारोबार रकममा भने केहि गिरावट देखिएको छ । मंगलबार ७ अर्ब बढीको शेयर कारोबार भएकोमा बुधबार ६ अर्ब हाराहारीमा झरेको छ । यस दिन २१७ कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर ६ अर्ब १७ करोड ९३ लाख १५८ रुपैयाँमा खरिदबिक्री भएको छ ।

बुधबार दुई दर्जन भन्दा बढी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने केहि म्युचुअल फण्ड र ऋणपत्रको मात्रै मूल्य केहि घटेको छ ।

यस दिन उच्च दरले बढ्ने कम्पनीको शीर्ष स्थानमा बेष्ट फाइनान्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमाल दोलखा हाइड्रोपावर, लिवर्टी इनर्जी र सिन्धु विकास बैंक रहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्