आज मध्य र पश्चिममा मेघ गर्जनसहित पानी पर्ने, चट्याङ पर्ने संभावना रहेकाले सचेत रहन अपिल

सांकेतिक तस्बिर

आज मध्य र पश्चिमका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य र पश्चिमका पहाडी तथा हिमाली केही ठाउँमा चट्याङ पर्ने संभावना रहेकाले सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।
पूर्वी क्षेत्रमा भने आज बादल लाग्ने महाशाखाले जनाएको छ । पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव देखिएकाले पानी पर्ने महाशाखाका मौसमविद् राजु प्रधानान्धले जानकारी दिनुभयो । यस्तै मध्य र पश्चिमका हिमाली भेगमा हिमपात हुने पनि संभावना रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्