दार्चुलाको दुहुँ गाउँपालिकाका बाढी पहिरो पीडितलाई कर्मचारीको आर्थिक सहयोग

काठमाडौँ – दार्चुलाको दुहुँ गाउँपालिकाका बाढी पहिरो पीडितलाई नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनले आर्थिक सहयोग गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा कार्यरत माओवादी केन्द्र निकट कर्मचारीहरूले संगठित सदस्यबाट सहयोग संकलन गरी एक लाख एक हजार रुपैयाँ गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गरेको हो ।

पीडितलाई थोरै भएपनि राहत पुगोस् भनेर सहयोग गरेको नेपाल राष्ट्रिय कर्मचारी संगठनका प्रदेश इन्चार्ज तथा सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लेखा अधिकृत बलदेव कापडीले बताए ।

गत भदौ १३ गते आएको बाढी पहिरोबाट दुहुँ गाउँपालिकास्थित बस्पालीमा तीन घर पुरिनुका साथै दर्जन बढी घरमा क्षति पुगेको थियो । पहिरोमा परेर मानवीय क्षति समेत भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्