देउवा जुटे महाधिवेशनमा, काँग्रेसका शीर्ष नेताहरु बालुवाटारमा

काठमाडौँ – नेपाली काँग्रेसका शीर्ष नेताहरुले १४ औं महाधिवेशन सम्बन्धी छलफललाई तीव्रता दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग नेताहरुले समूहगत र व्यक्तिगत छलफल गरिरहेका छन् ।

शुक्रबार साढे तीन बजेबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्काबीच छलफल भइरहेको छ । यसअघि शुक्रबार नै नेता मिनेन्द्र रिजालले देउवासँग भेटवार्ता गरि बालुवाटारबाट बाहिरिएका थिए । विहीबार साँझ पूर्वमहामन्त्री प्रकाशमान सिंहले देउवासँग वान टू वान भेटवार्ता गरेका थिए ।

सभापतिका दाबेदार सिंहले देउवासँग वान टू वान संवाद गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । संस्थापन इत्तर पक्षका अन्य नेतासँग पनि संवाद बढाएको बालुवाटार स्रोतले जनाएको छ ।

यद्यपि देउवाको सचिवालयले सिंहसँगको भेटमा महाधिवेशनको समीकरण नभइ क्रियाशील सदस्यताबारे छलफल भएको बताएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्