फरक उद्देश्य तथा नयाँ आयामका साथ रेडियो लिपुलेकको नियमित प्रसारण सुरु

दार्चुला – दार्चुला जिल्लामा थुप्रै एफएम रेडियोहरु सञ्चालनमा रहेतापनि फरक उद्देश्य तथा नयाँ आयाम लिई रेडियो लिपुलेक नियमित प्रसारणमा जोडिएको छ । विश्वकर्मा पुजाको अवसर पारी आजबाट रेडियो लिपुलेकले आफ्नो नियमित प्रसारण सुभारम्भ गरेको छ ।
अद्धितिय राष्ट्रिय विकास संगठन नेपालद्धारा सञ्चालीत रेडियो लिपुलेक ९९.६ मेगाहर्जको कार्यालय/स्टुडियो दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. ६ पनेबाँजमा रहेको छ ।

दार्चुला, बैतडी, बझाङ् र आसपासका जिल्लालाई आधार क्षेत्र बनाएर आफ्नो प्रसारण सुरु गरेको छ ।

अद्धितिय राष्ट्रिय विकास संगठनका अध्यक्ष गणेश सिंह धामीले रेडियोले नियमित प्रसारण शुरु गरेको र एफएमलाई अझै अग्रपंक्रिमा चिनाउन सम्पूर्ण विज्ञापनदाता, रेडियोकर्मी तथा सम्पूर्ण शुभचिन्तकहरुको भूमिका रहने बताउनुभयो ।

उहाँले भन्नुभयो “हामिले पस्किने हो, स्वाद लिने त सम्पूर्ण श्रोता, विज्ञापनदाता तथा अन्य रेडियोकर्मीहरुले हो तर यसलाई फरक धारमा श्रोताहरुको रोजाइमा पार्न आफुहरुपनि कटिबद्ध भएर लागिपर्नेछौँ ।”

शिक्षा, सुचना, मनोरञ्जन तथा समाचारको निरन्तर प्रवाहबाट आम समुदायको सेवा गर्ने समाज परिवर्तन र विकासमा टेवा पु¥याउने उद्धेश्य सहित रेडियोले आफ्नो प्रसारण सुरु गरेको हो । । राज्य पुर्नसंरचना संग संगै देशको सामाजिक, आर्थिक, शैक्षिक, भौतिक विकास सहित अन्य विकासका पुर्वाधारहरुले गति लिदै गर्दा विकास संगसंगै सुशासन, पारदर्शिता, जवाफदेहिता, उत्तरदाईत्व र सरोकारवाला सबैको अर्थपूर्ण सहभागिताका लागि सञ्चार माध्यमले अहम भूमिका खेल्नुपर्ने देखिन्छ ।
मिश्रित कार्यक्रमका साथ एफएमले आफ्नो यात्रा सुरु गर्नेछ ।

अद्धितिय राष्ट्रिय विकास संगठनका अध्यक्ष धामी बिगत १४ बर्ष देखि पत्रकारिता पेशामा आबद्ध हुनुहुन्छ ।  उहाँ उपहार मिडिया/ उपहार खबर डट कमका दार्चुला जिल्ला संवाददाता पनि हुन् । उहाँ टिभी टुटे टेलिभिजन, मध्यान्ह राष्ट्रिय दैनिक, सौर्य राष्ट्रिय दैनिक, ताजा पत्रिकामा समेत आवद्ध हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्