नेपाल ४८ ओभरमा अलआउट, अमेरिकालाई १७५ रनको लक्ष्य

काठमाडौं – अमेरिकाविरुद्धको खेलमा नेपाल ४८ ओभरमा १७४ रन बनाउदै अल आउट भएको छ । ओमानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा मात्र १७४ रन बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रन बनाए । दोस्रो विकेटका लागि कुशल भुर्तेलसँग ४९ रनको साझेदारी गरेका उनले पाँचौं विकेटका लागि गुल्शन झासँग अर्को ५१ रनको अर्को महत्वूपर्ण पार्टनरसिप गरे ।

कुशल ३६ र गुल्शन २८ रनमा आउट भए । करण केसीले १२, सन्दीप लामिछानेले ११ र विनोद भण्डारीले १० रन बनाए भने अरुले दोहोरो अंक समेत जोड्न सकेनन् ।

अमेरिकाका लागि सौरभ नेत्राभाल्करले ४ विकेट लिँदा कायल फिलिपले ३ विकेट हात पारे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्