दार्चुलाका १८ बर्षमाथिका सबै नागरिकले खोप पाउने, सोमबारदेखि खोप सुरु हुने

काठमाडौं – सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको ४४ लाख डोज कोरोनाविरुद्धको खोप आज शुक्रबार एकै पटक काठमाडौं आइपुगेको छ । यो सँगै अब १० जिल्लाका १८ बर्ष माथिका सबै नागरिकले खोप पाउने भएका छन् ।

१० हिमाली जिल्लामा दार्चुलासँगै ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, संखुवासभा, मुगु, रसुवा, जुम्ला, हुल्ला, डोल्पा र बाजुरा पर्छन् ।
आगामी सोमबार देखि नागरिकलाई लगाउन थालिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षभन्दा माथिका सबै नागरिकलाई खोप दिइने लक्ष्य मन्त्रालयको छ । ‘१८ वर्षभन्दा माथिका खोप लगाउन छुटेका भएमा विद्यार्थी, फन्टलाइनमा खटिएका, अतिआवश्यक सेवा, शिक्षक, पर्यटक क्षेत्रका मानिसलाई पनि खोप दिने योजना छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्