कैलालीमा माओवादी बिद्यार्थी संगठनमा बिवाद, सञ्ज्याल र जोशीका दुई जिल्ला समिति घोषणा

धनगढी – नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)का बिवाद भएको छ । पार्टीले हस्तक्षप गरेको भन्दै समिर जोशीको नेतृत्वले अलगै समिति घोषणा गरेका छन् । मंगलबार भएको अखिल क्रान्तिकारी कैलालीको २० औं जिल्ला सम्मेलन समीर जोशी र शिबराज सञ्ज्याल दुबैले आफ्नो अध्यक्षतामा ६१ सदस्यीय जिल्ला समिति घोषणा गरेका छन् । दुबै पक्ष जोशी र सञ्ज्यालले सब्य र भव्य रुपमा सम्पन्न जिल्ला सम्मेलनले आफु अध्यक्ष भएको घोषणा गरेका छन् ।

दुबै प्यानलले कार्यसमिति सहित आफ्नो टिम आधिकारिक भएको बताउदै आएका छन् । जोशीको टिममा उपाध्यक्ष भरत जोशी, उपाध्यक्षहरु महेश थापा, शंकर डगौरा र आयुस परियार रहेका छन् । सचिव राजु पुनमगर, सहसचिवहरु बाधु चौधरी, सन्तोष राना, प्रतिभा रावत, मेहमद अलि र कोषाध्यक्ष राधिका चौधरीलाई चयन गरेका छन् । उनीहरुले ६१ सदस्यीय कैलाली जिल्ला समिति चयन भएको बताएका छन् । उता शिबराज सञ्ज्याल आफु अध्यक्ष रहेको बताउदै बरिष्ठ उपाध्यक्ष गणेश खड्का, उपाध्यक्षहरु आश्वीन बिक, उपेन्द्र शाह, मानबहादुर सार्की र राजेन्द्र भट्ट भएका छन् । सचिव प्रकाश आचार्य, सहसचिव तपेन्द्र पहरी, शंकर डगौरा, लक्ष्मी खड्का, राधिका चौधरी र कोषाध्यक्ष भुमिका जोशीलाई चयन गरेका छन् ।

सञ्ज्यालले पनि ६१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको घोषणा गरेका छन् । दुबै पक्षले आफ्नै पक्षलाई आधिकारिकता भएको बताउदै आएका छन् । ‘पार्टीले बिद्यार्थी संगठनको बिधि र बिधानको बिपरित हस्तक्षप गरेपछि हामीले कमिटि गठन गरेका हौ’ समिर जोशीले भने–‘हामी नै आधिकारिक हो ।’ सम्मेलनले बन्द शत्रमा तिन सदस्यीय अध्यक्ष मण्डलको सहमती बिनानै पार्टीले बिद्यार्थी संगठनको समिति घोषणा गरेको जोशीले बताए । हामी संग बिद्यार्थीको ऐक्यबछता छ हामी जिल्ला भरी आफ्ना गतिविधी गछौ जोशीले भने । बन्द शत्रका लागि राजु पुनमगर, सुप्रिया बिक र प्रकाश आचार्यलाई अध्यक्ष मण्डल बनाएको थियो ।

उता शिबराज सञ्ज्याल भने अर्को पक्षले हल बहिस्कार गरेर सडकमा कमिटि घोषणा गर्नु कुनै पार्टीको नीति नभएको बताएका छन् । पार्टीले बिधि र बिधान अनुसार मेरै समिति आधिकारीक भएको सञ्ज्यालले बताएका छन् । अन्तरसंघर्ष हलमै हो जोशी समुह आफ्नो पक्षमा नभएपछि सडकमा गएर कमिटि घोषणा गरेको सञ्ज्यालको आरोप छ ।आफुहरुलाई पार्टीको अधिकारीक समर्थन रहेको उनले बताए । नेकपा माओवादी केन्द्रको जिल्ला पार्टी नेतृत्व भने सञ्ज्यालको टिमनै आधिकार समिति भएको बताएको छ । नेकपा माओवादी केन्द्र कैलालीका अध्यक्ष लालबहादुर सोडारीले सञ्ज्यालको कमिटिनै आधिकारीक हो । मंगलबारको जिल्ला सम्मेलनले बिधि र प्रकृया पुगाएर नै सञ्ज्यालको समुहलाई पार्टीले घोषणा गरेको बताउदै आएका छन् । सडक बाहिर कसले के गर्छ पार्टीलाई थाहा हुदैन र त्यो पार्टी बिरोधी हो अध्यक्ष सोडारीले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्