नेपाल ओमानसँग ५ विकेटले पराजित

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय क्रिकेट श्रृंखलामा नेपाल घरेलु टोली ओमानसँग ५ विकेटले पराजित भएको छ ।
नेपाल ओमानसँग लगातार तेस्रो खेलमा पराजित भएको छ ।

अब नेपालले शुक्रबार अमेरिकासँग दोस्रो खेल खेल्नेछ । सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो । लिग–२ को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ । नेपालले ६ खेलमा ६ अंक जोडेको छ । ओमान ११ खेलमा १८ अंक जोडेर शीर्ष स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्