पछिल्लो २४ घण्टामा थप १ हजार ५६२ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार १८० जना र ४ हजार १७७ एन्टिजेन परीक्षण गर्दा ३ सय ८२ गरी १ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ भने १ हजार ५८९ जना निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्