बैतडीमा गुडिरहेको बसमाथिबाट ढुङ्गा खस्दा एक जनाको मृत्यु, ३ जना घाइते

बैतडी – बैतडीमा गुडीरहेको बसमाथीबाट खसेको ढुङ्गा लागेर १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट बझाङ तर्फ गइरहेको सुप २००१ ख ११५६ नम्बरको बसमाथिबाट ढुङ्गा खस्दा खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तरगतको पाटन नगरपालिका ८ स्थित झौलेक मोडमा गएराती साढे १ बजे सो घटना भएको हो । घटनामा बझाङको थलारा गाउँपालिकाका अन्ताजी २० वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बझाङकै जयपृथ्वी नगरपालिकाका ४० वर्षीय हरी प्रशाद जोशी, ३६ वर्षीय नवराज खड्का र बस साहु समेत रहेका धनगढी उपमहानगरपालिका–४ का २८ वर्षीय माधव प्रशाद खड्का घाइते भएका छन् । घाइतेहरुलाई उपचारकालागि डडेल्धुरा लगिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्