संसद बैठक बस्दै, एमाले झन आक्रामक हुन सक्ने, सरकारलाई बजेट प्रतिस्थापन विधेयक पास गर्नुपर्ने बाध्यता

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । मंगलबार दिउसो १ बजेका लागि बोलाइएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजना विधेयक २०७८ माथि विचार गरियोस्’ भनि प्रस्ताव पेश गर्ने कार्यसूची छ । तर यता नेकपा एमालले भने आजको बैठक पनि अवरोध गर्ने बुझिएको छ । भदौ २३ गते देखि चलेको अधिवेशनमा एमालेले निरन्तर संसद अवरुद्ध गर्दै आएको छ ।

यता सरकारलाई भने विनियोजन विधेयक पास गर्नुपर्ने बाध्यता छ । भदौ ३० गते सम्म जसरी पनि विनियोजन विधेयक पास गुर्नु पर्ने भएकाले एमालेको असहयोग भए पनि विधेयक पास गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

यो पनि एमाले सहमतिमा नआए पनि बजेट प्रतिस्थापन विधेयक पारित हुन्छ : देउवा

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्