गौरीगंगा नगरपालिकामा पाँच दलीय गठबन्धनद्वारा तालाबन्दी

कैलाली- कैलालीको दलहरूले गौरीगंगा नगरपालिकालाई बुझाएको ६ बुदे मागको बेवास्ता गरेको भन्दै तालाबन्दी गरिएको छ । नदीजन्य पदार्थ बिक्रीबाट भएको आम्दानीको हिसाब माग, विद्यालयमा बिषयगत शिक्षक पदपूर्ति गर्ने, नगरपालिकाको बेरुजु फर्चौट गर्नुपर्ने लगाएतका ६ बुदे मागको बेवास्ता गरिएको भन्दै तालाबन्दी गरेका छन् । तालाबन्दी पश्चात् आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीका राजेन्द्रप्रसाद देवकोटा राजनीति दलहरुले नगरपालिका भित्र भैरहेको नगर प्रमुखबाट व्यक्तिगत मनोमानी कार्य संचालन भैरहेकाले संयुक्त रुपमा विरोध गरिएको बताएका थिए ।
माओवादी केन्द्रका नगर अध्यक्ष बलबहादुर महता जनतासँग नजिकमा रहेको सरकारले जनताको करलाई व्यवस्थित रुपमा लागू गर्नु पर्नेमा लगाएत जनसरोकारका बिषयमा जवाफदेही नभएको सुशासन कायम भएको नदेखिएकाले पाच दलिय गठबन्धनले विरोधका कार्यक्रम गरिएको बताएका थिए । नगरका सार्वजनिक योजनामा सहि अनुगमन तथा पारदर्शिता शुन्य भएको र हरेक योजनामा अनियमितता भैरहेकोले पटकपटक ध्यानाकर्षण गराउदा नगरप्रमुखले बेवास्ता गरिरहेकाले मागको सुनुवाइ तथा दलीय सहमति नहुदा सम्म आन्दोलन गरिरहे नेपाली काङ्ग्रेसका क्षेत्रिय सभापति दिनेशराज जोशीले बताउनुभएको छ ।
नगरपालिकाले गत आर्थिक वर्षमा ठेक्का सम्झौता नगरि नदीजन्य पदार्थ संकलनको जिम्मा कार्यकर्तालाई दिएपछि व्यापक आर्थिक अनियमितता नगरप्रमुखको संरक्षणमा भएको भन्दै राजनीतिक दलहरुले हिसाब माग गरेका छन् । दलहरूले गत शुक्रबार समेत नगरपालिका तालाबन्दी सहित एक घण्टा धर्ना दिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्