संसद बैठक बस्दै, झन् कडा रुपमा प्रस्तुत हुने एमालेको तयारी

काठमाडौँ – सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि पहिलोपटक आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।

शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो ।

संघीय संसद सचिवालयका अनुसार आइतबार दिउँसो १ बजेका लागि संसद बैठक डाकिएको छ । पछिल्लो समय प्रमुख प्रतिपक्षी दल एमालेले संदन निरन्तर अवरोध गरिरहेको छ । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमालेले विरोध गरेको छ । एमाले फुटाउन सभामुखले भूमिका खेलेको आरोप एमालेका सांसदहरूले लगाएका छन् । आजको संसदमा झन् कडा रुपमा प्रस्तुत हुने एमालेले संकेत दिएको छ । शनिबार बसेको स्थायी समिति बैठकले संसदमा केही अप्रिय घटना भए सभामुख र सत्ता पक्ष जिम्मेवार हुनुनपर्ने बताएको छ ।

एमाले फुटेर माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) गठन भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्