सिरहामा ६१ जनप्रतिनिधिले रोजे नेकपा (एकीकृत समाजवादी)

नेकपा एमालेबाट सिरहाको स्थानीय तहमा निर्वाचित ६१ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल रोज्न पाउने उपलब्ध गराएको समय सीमाभित्र सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्षसहित ६१ जनप्रतिनिधिले नेकपा एमाले त्याग गरी नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् ।

नेकपा एमालेबाट निर्वाचित सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादव र तीन वटै वडाका वडाअध्यक्षसहित अन्य स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेको सो पार्टीका नेता तथा प्रदेशसभा सदस्य अशोककुमार यादवले जानकारी दिए ।

प्रदेशसभा सदस्य अशोक यादवको नेतृत्वमा जिल्ला निर्वाचन कार्यालय सिरहा पुगेर जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेको बताइएको छ । त्यस्तै जनता समाजवादी पार्टी नेपालबाट सिरहाका स्थानीय तहमा निर्वाचित १२ जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । सबै जनप्रतिनिधि जिल्ला निर्वाचन कार्यालय सिरहा पुगेर लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा सनाखत गरेको जिल्ला निर्वाचन अधिकृत इन्दिरा यादवले जानकारी दिए । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्