नेकपा (एकीकृत समाजवादी) को संसदीयदलको बैठक बस्दै, संसदमा प्रस्तुत हुने रणनीति तय गर्ने

FILE PHOTO

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा बुधबार २ बजे बैठक बस्न लागेको हो ।

बुधबार ४ बजे सुरु हुने प्रतिनिधि र राष्ट्रिय सभा गरी दुवै संसद्को बैठकमा रणनीति बनाउन बैठक बस्न लागेको एक नेताले बताए ।

एमाले विभाजनपछि बनेको एकीकृत समाजवादी पहिलोपटक संसद्को बैठकमा सहभागी हुँदै छ । योबीचमा एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् । एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी संसदको चौथो ठूला दलका रुपमा उदाएको छ । उक्त पार्टीसँग प्रतिनिधिसभामा २३ र राष्ट्रिय सभामा ८ जना सांसद छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्