१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ९ जना पक्राउ

सांकेतिक तस्विर

सुर्खेत – १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्खेतबाट ९ जनालाई पक्राउ गरेको छ ।

चौकुने गाउँपालिका घर भई पञ्चपुरी नगरपालिकामा बस्दै आएकी ती किशोरीले विभिन्न व्यक्तिबाट आफूमाथि पटकपटक बलात्कार भएको भन्दै इलाका प्रहरी कार्यालय बाबियाचौरमा उजुरी दिएकी थिइन् ।

सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौरले ९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज शाही, शोभा शाही, बाबुराम पुरी, प्रेम बुढाथोकी, शेरबहादुर सार्की, ओम दर्लामी र प्रेमबहादुर शाही रहेका छन् । उनीहरु बस काउण्टरमा काम गर्नेदेखि ड्राइभरसम्म रहेको प्रहरीले जनाएको छ ।

जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुमाथि थप अनुसन्धान अगाडि बढाइएको विष्टले जानकारी दिए । बलात्कृत किशोरीको पेटमा गर्भ समेत रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्