एमसीसी संसदमा लैजाने प्रधानमन्त्रीको देउवाको संकेत, अनावश्यक राजनीति नगर्न सांसदहरुलाई आग्रह

काठमाण्डौ – नेपाली काँग्रेसका सभापति समेत रहेको प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजनाको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को बारेमा अनावश्यक राजनीति नगर्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलको बैठकलाई मङ्गलवार सम्बोधन गर्दै देउवाले एमसीसीको विषयमा बुझेका भन्दा नबुझेकाहरूले धेरै हल्ला गरेको भन्दै अमेरिकाले नेपालको विकासका लागि दिन लागेको सहयोगको बारेमा बुझेर मात्रै बोल्न सांसदहरूलाई निर्देशन दिए ।

अमेरिकाले नेपालको विद्युत् प्रसारण लाइनको सुधार र सडकको सुधारका लागि अनुदानका रूपमा एमसीसी परियोजना ल्याएकाले यसबाट नेपालमा हुने विकास र फाइदाबारे बुझ्न र बुझाउनुपर्नेमा पनि प्रधानमन्त्री देउवाले जोड दिए ।

सङ्घीय संसद्को बैठक भोलि बुधवारका लागि आह्वान भएको छ । यो अधिवेशनमा एमसीसीको प्रस्ताव पेस हुने आकलन गरिएका बेला प्रधानमन्त्री देउवाले आज सांसदहरूलाई यस विषयमा आवश्यक निर्देशन दिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्