इङ्ग्ल्यान्डसँगको चौथो टेस्टमा भारत विजयी

काठमाण्डौ – इङ्ग्ल्यान्डसँगको चौथो टेस्टमा भारत १ सय ५७ रनले विजयी भएको छ । यो जितसँगै भारतले पाँच खेलको टेस्ट श्रृङ्खलामा २–१ को अग्रता लिएको छ ।

दी ओभलमा जितका लागि ३ सय ६८ रनको लक्ष्य पछ्याएको घरेलु टोली इङ्ग्ल्यान्ड पाँचौँ दिन २ सय १० रनमा अल आउट भयो । इङ्ग्ल्यान्डका ओपनर रोरी ब्रन्स र हसिब हमिदले अर्धशतकीय पारी खेले । हमिदले सर्वाधिक ६३ रनको योगदान दिए । त्यस्तै कप्तान जोय रुटले ३६ रन जोडे ।

इङ्ग्ल्यान्डका अरु खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । भारतका उमेश यादवले सर्वाधिक ३ विकेट लिए । जस्प्रित बुमराह, रविन्द्र जडेजा र शार्दुल ठाकुरले २÷२ विकेट लिए । भारत दोस्रो पारीमा ४ सय ६६ रनमा अलआउट भएको थियो । भारतका ओपनर रोहित शर्माले सर्वाधिक १ सय २७ रनको शतकीय पारी खेले ।

इङ्ग्ल्यान्डका क्रिस बोक्सले सर्वाधिक ३ विकेट लिए । ओली रोबिन्सन र मोइन अलीले २/२ विकेट लिए । पाँचौँ तथा अन्तिम खेल शुक्रवारदेखि सुरु हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्