कञ्चनपुरको बेदकोटमा १० वडाका २२ जना कृषकलाई पावर टिलर वितरण

काठमाडौँ – कञ्चनपुरको बेदकोट नगरपालिकाले किसानलाई खेत जोत्नका लागि आधुनिक प्रविधिको पावर टिलर वितरण गरिएको छ । ५० प्रतिशत अनुदानमा नगरपालिकाले पावर टिलर वितरण गरेको हो।

नगरपालिकाका १० वटै वडामा पावर टिलर वितरण गरिएको छ । नगर प्रमुख अशोक कुमार चन्द स्वयम उपस्थित भएर सबै वडाका २२ जना कृषकहरुलाई पावर टिलर वितरण गरिएको हो ।

कृषिमा आधुनीकिकरण गर्न खेत जोत्न पावर टिलर वितरण गरिएको नगर प्रमुख चन्दले बताए । किसानको माग बमोजिम यसपटक पावर टिलर वितरण गरेको र कृषिमा आकर्षण बढाउन अझै कृषिसम्बन्धी अन्य सामग्री वितरण गर्दै जाने समेत प्रमुख चन्दले बताए ।
कञ्चनपुरमा पछिल्लो समय हाते ट्र्याक्टरको प्रयोग बढ्न थालेको छ । गोरु पाल्ने झण्झटले कृषकहरू आधुनिक मिनी पावर टिलरतर्फ आकर्षित हुँदै गएका हुन् । ‘गोरु र खेतला पाउनै गाह्रो छ । पावर टिलर भएपछि खनजोतमा सजिलो हुने भयो’, एक कृषकले भने, ‘हाते ट्याक्टर भएपछि समय, श्रमिक र खर्च सबै कम लाग्नेभयो।’

हलगोरु भन्दा ट्र्याक्टरमा धेरै सस्तो हुने किसानहरू बताउँछन् । ट्याक्टरले खेत जोत्दा झार काट्ने र डल्ला पनि माडिने हुँदा रोपाइँ गर्न सजिलो उनीहरूको भनाइ छ। ‘गोरुभन्दा धेरै सजिलो र किफायती हुन्छ’ गोरुको जसरी घाँस हाल्नु परेन, तेल हालेपछि पुग्यो।’

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्ट, लेखा अधिकृत, वडा अध्यक्षहरु, युनएनडिपीका प्रतिनिधि, स्वीट नेपालका अध्यक्ष लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्