नेकपाद्वारा एक महिने जनसम्बन्ध अभियान कैलालीमा सुरु, एमसीसी युरेनियम कब्जा गर्ने अमेरिकी रणनीति : नेता पुन

कैलाली- विप्लव नेतृत्वको (नेकपा)ले जनसम्बन्ध सुदृढ तथा संगठन विस्तार अभियान सुरु गरेको छ । एक महिने अभियानको केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज ओमप्रकाश पुनले उद्घाटन गरेका थिए । गौरीगंगा नगरपालिका ८ बढैपुरबाट अभियानको सुरु गरिएको हो । अभियानको सुरुवात गर्दै नेता पुनले अमेरिकी सैन्य योजना एमसिसि अनुदान नेपालमा आउनु नेपालमा रहेको युरेनियम कव्जा गर्ने अमेरिकी रणनीति भएको र नेपालको जल जमिन प्रयोग गर्दै एशिया प्रशान्त क्षेत्रमा अस्थिरता ल्याउने तथा नेपाललाई दोस्रो आफ्गानिस्तान बनाउने चाल भएको भन्दै सबैले यसको विरोधमा उत्रिनु पर्ने बताएका छन् ।

अहिलेको संविधान र संसदीय व्यवस्था फेल भैसकेको भन्दै प्रत्येक्ष कार्यकारी राष्टपति, सिमित संसदको व्यवस्था सहित जनताले चाहेको बखतमा फिर्ता गरेर अर्को प्रतिनिधि चुन्ने बैज्ञानिक समाजबाद अबको आवश्यकता भएको पुनले बताएका छन् । अदालतले टिको लगाएर बनाईदिएको बर्तमान सरकार बनेकाले अहिले संविधान र पार्टीहरु असफल भएको बताएका छन् । देशिविदेशी शक्तिले संसदीय व्यवस्थामा राजनीति दलहरु जुटाउने फुटाउने गर्ने गरिरहेको बताए ।

अहिले जे जसि भए पनि अरुलाई लुट्ने तन्त्र अहिलेको दलाल पुजिवाद व्यवस्थाले वडा अध्यक्ष सदरमुकाम घर बनाउने, मेयर उपमेयर ले काठमाडौ घर महल बनाउने कारमा हिड्ने अवस्थ पुर्जिवादि संस्कृत स्थापित गरेको भन्दै जनयुद्धमा आजाद भएका जनता बर्तमानमा पुनः पिल्सिनु अबस्थामा पुर्याएको भन्दै अहिले बैज्ञानिक समाजवादको आवश्यकता रहेको बताएका थिए । क्रान्तिकारीले आमूल परिवर्तन,विभिन्न जाति भाषा समुदायका संस्कृतिमा आउने परिवर्तन सहितको राष्ट्रियताले स्वाधीनता चाहान्छन् । पुजीवादी दलालहरुले संसदीय व्यवस्था स्विकारेसँगै राष्ट्रिय जीवन परिवतनबाट पछाडि फर्काउने कार्य भएको तथा दार्चुलाको नदिमा जयसिंङ धामीहरु बेपत्ता हुदा सरकारले एउटा कुटनैतिक नोट पठाउन नसकेको हुदा राष्ट्रियता कमजोर बनाएको बताएका छन् ।

पहिलाका जमिनदार साहु माह्रजन सामन्तहरुको नयाँ स्वरुपमा सहर बजारमा बैंक खोलेर महङ्गो व्याजदरमा लालपुर्जा खोसेर लुट्ने तथा माईक्रोफाईनान्सका नाममा निलो रातो सारीमा समूह बनाएर लुट्नेहरु बढिरहेको बताएका छन् । हिजो जातजाति कमैया कमलरी, हलिया खलियाका छुवाछूत भित्र्याउदै पुजीवादीको रुप नाममा लुट्नेहरु अहिले होटल बैंकका नाममा लुटपाट मच्चिएको बताएका छन् । जिल्ला सेक्रेटरी दिपेन्द्र चलाउनेको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य राम बहादुर चौधरी (महान)ले लोकतान्त्रिक व्यवस्थामा विकासका नाममा उपभोक्ता समिति र ठेकेदारले सिमित व्यक्तिको घर महल निर्माण हुने दलाल संसदीय व्यवस्था अपनाएको सुखि नेपाली समृद्ध नेपालीको झुट्टा नारा देखाएर जनताको मतबाट चुनिएको बाडिचुडि दुईतिहाइको सरकार तुहिएको भन्दै नेपालमा बैज्ञानिक समाजवादको आवश्यकता अपरिहार्य रहेको बताएका थिए ।

कार्यक्रममा विशेष जिल्ला सचिव बिमल खड्का, जनसेवक साधारण शाखा सचिव कमल विक, प्रकाश थापा, कञ्चनपुर जिल्ला सचिवालय सदस्य राम भट्ट र अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) केन्द्रीय सदस्य बिनिता मल्ल लगाएतले मन्तव्य राखेका थिए । एक महिना सम्म संचालन हुने अभियान ४ दिन गौरीगंगामा संचालन गर्दै जिल्ला व्यापि रुपमा संचालन गरिने नेकपाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्