नौगाड गाउँपालिकाका दुर्गमका बस्तीमा स्वास्थ्यको पहुँच, १७/१८ सय घरधुरीमा खानेपानीका धारा निर्माण

काठमाडौँ – दार्चुलाको नौगाड गाउँपालिकाका दुर्गम बस्तीहरुमा पनि स्वास्थ्य सेवा विस्तार गरिएको छ । नौगाडमा ४ वटा स्वास्थ्य चौकीबाट बढाएर अहिले १४ वटा स्वास्थ्य केन्द्रहरु मार्फत जनतालाई गाउँपालिकाले सेवा दिइरहेको गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीले जानकारी दिए । गाउँपालिकाले करारमा कर्मचारी भर्ना गरेर स्वास्थ्य सेवालाई प्रभावकारी बनाएको अध्यक्ष धामीको भनाई छ । उपहारखबरसँगको कुराकानीको क्रममा अध्यक्ष धामीले आफु निर्वाचित हुन भन्दा अगाडी नौगाडका थुप्रै बस्तिहरुमा खानेपानीको अभाव रहे पनि अहिले विस्तार भएको बताए । उनले भने, ‘नौगाडका थुप्रै बस्तिहरुमा खानेपानीको अभाव थियो, कतिपय बस्तिहरुमा खानेपानी पुनर्निर्माण गर्नुपर्ने अवस्था थियो, तर अहिले गाउँपालिकाका १७÷१८ सय घरधुरीमा घरघरमा खानेपानीका धाराहरु निर्माण भएका छन् ।’ बाढीको उच्च जोखिम भएको नौगाडमा खानेपानीका केही संरचनाहरु बाढी र पहिरोमा परि क्षति भएको समेत अध्यक्ष धामीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्