रौतहटमा मध्यराति गोली हानाहान, फरार अभियुक्त समातिए

रौतहट – व्यक्ति हत्यालगायतका दर्जनौं अपराधमा संलग्न तराई जनतान्त्रिक मुक्ति मोर्चाका पूर्वनेता कामेश्वर पटेल कुर्मीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौटहट र बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले गएराति ११ बजे चन्द्रपुर नगरपालिका–४ स्थित जगलसहियाबाट कुर्मीलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, कुर्मीको वायाँ खुट्टामा २ राउन्ड गोली लागेको छ । घाइते कुर्मीलाई उपचारका लागि चन्द्रपुर प्रालि अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

एम्बुस थापेर बसिरहेका कुर्मीले प्रहरीमाथि गोली चलाएपछि आत्मरक्षाका लागि चार राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यानलगायतका दर्जन बढी अभियोग कुर्मीमाथि छ । उनी अभियोग लागेदेखि नै फरार थिए ।

जिल्ला प्रहरी कार्यालय, रौतहटले दिएको जानकारी अनुसार, कुर्मीको साथबाट १ थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने ५ राउन्ड गोलीसमेत बरामद भएको छ ।

 

Source : onlinekhabar.com

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्