समुद्री आँधीका कारण अमेरिकामा कम्तिमा ४६ जनाको मृत्यु, मृत्यु हुनेमा नेपाली पनि

काठमाडौँ – समुद्री आँधी आईडाका कारण आएको बाढीमा परेर अमेरिकामा कम्तिमा ४६ जनाको मृत्यु भएको छ । बिहीबार न्यू जर्सीमा मात्र २३ जनाले ज्यान गुमाएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ । गर्भनर फिल मर्फीका अनुसार मारिने अधिकांश आफ्नो गाडीमा यात्रा गरिरहेका बेला बाढी परेका थिए । अधिकारीहरुले मृतकको संख्या अझ बढ्न सक्ने बताएका छन् ।

आँधीपछि आएको भारी वर्षाका कारण पूर्व राज्यहरु कनेन्टिकट, मेरिल्याण्ड, न्यू जर्सी, न्यूयोर्क, पेन्सिलभेनिया र भर्जिनियामा दर्जनौँले ज्यान ज्यान गुमाएको खबर छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनको संकटसँग लड्न ‘ऐतिहासिक लगानी’ आवश्यक रहेको बताएका छन् । अमेरिकाले देशभर मौसमसम्बन्धी विपत्तिको सामना गर्नुपरिरहेको बताउँदै उनले योसँग जुध्नु जीवन र मृत्युको सवाल भएको जिकिर गरे ।

न्यूयोर्क र न्यूजर्सीमा भारी वर्षका कारण मानिसहरु आफ्नो घरको बेसमेन्ट र कारमा नै फसेका छन् । न्यूयोर्क सहरमा मात्र ३ जना नेपाली सहित १४ जनाले ज्यान गुमाएका छन् । न्यूयोर्कमा संकटकाल नै घोषणा गरिएको छ । यसैबीच, अमेरिकाको न्यूयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परी ३ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दूधकुण्ड नगरपालिका–२ जुनवेशी स्थायी घर भइ हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्