हेलम्बुको जनतासँगको प्रतिबद्धता पूरा नगरी मेलम्ची काठमाडौँ पुग्छ भनेर सोच्नु गलत सावित हुन्छ : अध्यक्ष शेर्पा

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोकका अधयक्ष निमा ग्याल्जेन शेर्पाले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाका प्रभावितहरुले सडक, सिँचाइ, स्वच्छ खानेपानीकोे अभाव झेलिरहेको बताउनुभएको छ ।

मेलम्ची खानेपानी विकास समितिले प्रभावित क्षेत्रमा सडक, सिचाई, स्वच्छ खानेपानी लगायतका विभिन्न आवश्यकताहरु परिपुर्ति गर्ने आश्वासन देखाएपनि कुनै माग पनि पुरा नगरेको अध्यक्ष शेर्पाको गुनासो छ ।

‘सरकारले हेलम्बुको जनतासँग गरेको प्रतिबद्धता पूरा नगरी मेलम्ची खानेपानी काठमाडौँ पुग्छ भनेर सोच्नु गलत साबित हुने छ,’ अध्यक्ष शेर्पा भन्नुभयो, ‘मेलम्ची खानेपानी काठमाडौं लगेपछि यहाँ धेरै वातावरणीय प्रभाव पर्छ, भौगोलिक अवस्था सुहाउँदो आर्यआर्जनका लागि कार्यक्रमहरु आवश्यक छ, मुख्य सडकभित्रका सहायक सडकहरुको पनि विस्तार गरी स्थानीय उत्पादनलाई बजारीकरण गर्न आयोजनाले सहयोग गर्नुपर्छ ।’

आयोजनाको मुख्य प्रभावित क्षेत्रका स्थानीयवासीले प्रमुख मागका रूपमा स्वच्छ खानेपानीको माग गरेका छन् भने त्यसपछि सडक, शिक्षा, स्वास्थ्य, सिँचाइलगायत आयआर्जनको कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।
मेलम्ची खानेपानी आयोजनाबाट सिन्धुपाल्चोकका तत्कालीन ३० गाविस र काभ्रेका पाँच गाविसलाई प्रभावित क्षेत्रको सूचीमा राखिएको थियो । यस क्षेत्रका झन्डै १५ लाख जनसंख्या आयोजनाको प्रभावित सूचीमा परेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्