कलाकार निशा घिमिरेको मृत्यु

काठमाडौँ – नर्भिक अस्पतालमा उपचाररत् मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ ।

उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ । घिमिरे लामो समयदेखि नर्भिक अस्पतालमा उपचाररत् थिइन् । पछिल्लो समय उनको मुटु र मिर्गौलाले काम गर्न छोडेको थियो । बुधबार बिहानदेखि घिमिरेको अवस्था गम्भीर बन्दै गएको थियो । उनलाई खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरू लामो समयसम्म पुरिन सकेका थिएनन् ।

जिउँदो लाशजस्तो भएर घरमै थन्किएकी घिमिरेलाई नर्भिक अस्पतालले जेठ २७ गते उद्धार गरी निस्शुल्क उपचार थालेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्