कोभिड १९ को संक्रमण रोक्नका लागि उपत्यकामा लगाइएको निषेज्ञाधा हटाइयो

काठमाडौं– कोभिड १९ को संक्रमण रोक्नका लागि उपत्यकामा लगाइएको निषेज्ञाधा हटाइएको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले भोलिदेखि लागू हुने गरी निषेधाज्ञा हटाउने आदेश जारी गरेको हो । नयाँ आदेश अनुसार जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँगको समन्वयनमा विद्यालयहरु सञ्चालन गर्न सकिने छ ।

यसैगरी भिडभाड नगर्न, जात्रा, महोत्सव तथा भोज आयोजना नगर्न, चाडपर्वहरु सांकेतिक रुपमा मात्र मनाउन समेत आदेशमा उल्लेख गरिएको छ । स्वास्थ्यका मापदण्डहरु पालना नगरेमा कारबाही गर्ने जनाउँदै संक्रमण बढेको पाइएमा आदेशमा भएका व्यवस्थाहरु पुनरावलोकन गर्न सकिने पनि सूचनामा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्