झलनाथ खनाल झन्डै साढे २ महिनापछि स्वदेश फर्किए

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का बरिष्ठ नेता झलनाथ खनाल स्वदेश फर्किएका छन् । भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरेका खनाल झन्डै साढे २ महिनापछि सोमबार दिउँसो काठमाडौं आइपुगेका हुन् ।

उनलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित नेताहरू पुगेका थिए ।

खनालले नयाँ पार्टी दर्ताका लागि नयाँदिल्लीबाटै निर्वाचन आयोगमा सनाखत गरेका थिए । खनाल असार २ गते उपचारका लागि नयाँदिल्ली गएका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्