काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा

File Photo

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गरेका छन् ।

सोमबार काठमाडौंमा महानगरपालिका वडा नम्बर ३० मा आयोजित कार्यक्रममा थापाले महामन्त्री पदमा उठ्ने औपचारिक रूपमा घोषणा गरेका हुन् ।

थापा २०७२ सालमा भएको १३ औं महाधिवेशनमा पनि महामन्त्रीमा उठेका थिए । उनी त्यसबेला शशांक कोइरालासँग पराजित भएका थिए । कांग्रेसको महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्