काबुल विमानस्थलमा अर्को आक्रमण हुन सक्ने अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको काबुलमा अर्काे आतंककारी हमला हुनसक्ने सूचना रहेको बताएका छन् ।

उनले आफूलाई सो जानकारी सैन्य कमाण्डर दिएको उल्लेख गरेका छन् । बाइडनले भने, ‘त्यहाँको अवस्था एकदमै खत्तरापूर्ण रहेको छ । विमानस्थलमा अर्काे आतंकारी हमला हुनसक्ने खत्तरा धेरै छ ।’

बिहीबार काबुल विमानस्थल नजिक भएको आक्रमणमा १६९ अफगान नागरिक र १३ अमेरिकी नागरिकको मृत्यु भएको थियो । त्यसको बदलामा अमेरिकाले शनिबार ड्रोन आक्रमण गरेको थियो । उक्त आक्रमणमा विस्फोटका योजनाकार मारिएको अमेरिकी सेनाको दाबी छ ।

गत बिहीबार भएको आक्रमणअघि पनि अमेरिका र बेलायतले विमानस्थलमा आक्रमण हुने सूचना आएको भन्दै सचेत गराएका थिए । त्यसको भोलिपल्ट आत्मघाती विस्फोट भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्