नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचन आगामी कार्तिक १३ गते हुने

काठमाडौँ – नेपाल इन्जिनियर्स एशोसिएसनले आगामी कार्तिक १३ गते ३३औँ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन गर्ने भएको छ ।
शनिबार बसेको कार्याकारिणी समितिको बैठकले केन्द्रीय कार्यकारिणी समिति, सातै प्रदेशको दास्रो कार्यकारिणी समिति तिथा नेपाल इन्जिनियरिङ परिषद् सदस्यहरुको निर्वाचन आगामी कार्तिक १३ गते गर्ने निर्णय गरेको नेपाल इन्जिनियर्स एशोसिएशनका अध्यक्ष ई. प्राध्यापक डाक्टर त्रिरत्न बज्राचार्यले जानकारी दिनुभयो । यस अघि २०७८ बैशाख २४ गते गर्ने भनिएको निर्वाचन कारोना भाइरसका कारण स्थगित भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्