यस्तो रहनेछ आगामी ३ दिनको मौसम, यी ठाउँमा हुनेछ भारी वर्षा

काठमाडौँ – हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । सबै प्रदेशका केही– केही स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

शनिबार देशको अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी÷धेरै भारी र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आइतबार देशको अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी÷धेरै भारी सम्भावना रहेको छ ।

सोमबार देशको अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी÷धेरै भारी सम्भावना रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्