केही दिनदेखि सक्रिय रहेको मनसुन भोलीदेखि केही कमजोर हुने

काठमाण्डौ – गएको केही दिनदेखि सक्रिय रहेको मनसुन भोलि शनिवारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा आज शुक्रवार रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो ।

शनिवारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको छ । मौसममा सुधार हुने भनेर पानी नै नपर्ने हुँदैन, मनसुनको समय अझै बाँकी रहेकोले विगत केही दिन अगाडिको जस्तै लगातारको झरी भने कम हुनेछ ।

देशभर सामान्यदेखि पूर्ण बदली तथा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षाको सम्भावना कायमै रहनेछ । अहिले वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा सामान्य बदली रहेको छ । त्यस्तै प्रदेश नं १, वाग्मती, गण्डकी तथा कर्णाली प्रदेशका धेरै ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

देशका धेरैजसो भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक÷दुई ठाउँमा मेघगर्जनसहित ठूलो वर्षाको सम्भावना रहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्