नयाँ दल दर्ता सँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

FILE PHOTO

काठमाण्डौ – माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दलले निर्वाचन आयोगबाट मान्यता पाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको छ । नेपालको दललाई पाँच मन्त्री र एक राज्यमन्त्री दिने यसअघि नै सहमति भइसकेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्ति भएको डेढ महिना पुग्न लाग्दासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नुभएको छैन । एमालेबाट अलग भएका माधव नेपालको नयाँ पार्टी दर्ता भएपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने उनको तयारी थियो ।

माधव नेपाल र महन्थ ठाकुरलाई नयाँ दल गठनमा सहज हुने गरी अध्यादेश ल्याएपछि निर्वाचन आयोगले हिजो नेताहरुको सनाखत गरेर दुवै दललाई मान्यता दिएको छ । अब सत्ता गठबन्धनमा कांग्रेसका ६१, माओवादीका ४९, एकीकृत समाजवादीका २३ र जसपाका १९ सहित १ सय ५२ सांसद पुगेका छन् ।

प्रमुख प्रतिपक्ष एमालेमा अब ९८ सांसद भएका छन् । निर्वाचन आयोगले हिजो नेपालको अध्यक्षतामा रहेको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई दलको मान्यता दिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्