आज देशभर सामान्यदेखि पूर्णसम्म मौसम बदली छ भने विभिन्न स्थानमा वर्षा जारी

आज देशभर सामान्यदेखि पूर्णसम्म मौसम बदली छ भने विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा अन्य प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो।

महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो (दिनमा) धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार राति पनि धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्