मुलुकको तिव्र परिवर्तनले मानिसहरु अत्तालिन थाले :प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक परिर्वतनको तीव्र गतिमा अगाडि बढि रहेकाले मानिस परिर्वतनबाट अत्तालित थालेको बताउनुभएको छ ।

धुलिखेल नगरपालिकाको ३४ औँ स्थापना दिवस तथा स्वर्गीय मदन भण्डारीको शालिक अनावरण कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले मुलुकमा भइरहेको परिर्वतन देखेर केही मानिस अत्तालिन थालेको बताउनुभयो । प्रधानमन्त्री ओलीले ८८ प्रतिशत घरमा केन्द्रीय बिद्युत लाइन पुगेको जानकारी दिनुहुँदै दुई बर्षमा बाँकी १२ प्रतिशत जनताको घरमा विद्युत पु¥याउने गरी काम भइरहेको बताउनुभयो । उहाँले मेलम्ची खानेपानी आयोजना ल्याएर काठमाडौंको खानेपानी अभाव न्यून गर्न सरकार लागि परेको बताउनुहुँदै खानेपानीको काम भइरहेको उल्लेख गर्नुभयो ।

“७७ वटै जिल्लामा फोरजी सेवा पु¥याउन सरकार लागि परेको छ, आधुनिक सूचना प्रविधिको प्रयोग गरेर मुलुकलाई डिजिटल नेपाल बनाउने नीति सरकारले लिएको र त्यो कार्यान्वयन गर्दै गइरहेका छौँ ।” प्रधानमन्त्रीले भन्नुभयो, हाम्रो देश विकासको सिढी चढी रहेको छ, हरेक दिन युगान्तकारी विकासका काम सरकारले अगाडि बढाएको छ, प्रधानमन्त्रीले थप्नुभयो, एउटा नयाँ युगको प्रारम्भ गरेका छौँ ।

धुलिखेल नगरपालिका नगरप्रमुख अशोककुमार व्याञ्जूले धुलिखेल नगरपालिकालाई २० बर्ष भित्रमा नेपाल कै नमुना नगर बनाउने गरी काम गरिरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले धुलिखेल नगरपालिका र बाग्मती प्रदेशको संयूक्त लगानीमा निर्माण भएको स्वर्गीय मदन भण्डारी स्मृती पार्कको उद्घाटन गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्