जयसिंह धामीको न्यायका लागि सुदूरपश्चिममा साढे नौ हजार हस्ताक्षर संकलन

काठमाडौँ – महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको न्यायका लागि सुदूरपश्चिममा नौ हजार ५०० हस्ताक्षर सङ्कलन गरिएको छ । दार्चुला, डडेल्धुरा, कञ्चनपुर र कैलालीमा हस्ताक्षर सङ्कलन गरिएको जरोकिलो पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष खिमानन्द जोशीले बताए ।

‘वेपत्ता धामीको शव खोज्नुपर्ने, घटनाको अनुसन्धान गरी जानकारी गराउनुपर्ने र परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग राख्दै हस्ताक्षर अभियान सञ्चालन गरेका हौँ’, उनले भने, ‘सङ्कलित हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउँछौँ।’ ड्रोन क्यामेराका सहयोगमा धामीको शव खोज्ने कार्य गरिए पनि फेला पार्न सकिएको छैन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्